
२३ असोज,काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।
मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको बताइएको छ । ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको बताइएको छ
ओली प्रचण्डको मात्रै नभइ बहालवाला र पूर्वभीआईपी, भीभीआईपीको पनि सुरक्षाकर्मी फिर्ता गराउने निर्णय भएको हो ।
‘अब धमाधम सुरक्षाकर्मी फिर्ता गराउने काम हुँदैछ, फिर्ता भइसकेपछि मात्रै कति सुरक्षाकर्मी मापदण्ड विपरीत थिए भन्ने कुरा यकिन हुने गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बताउनुभएको छ ।