चैत ९,काठमाडौं : नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका नेतासहित विभिन्न पार्टीका नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर फूलमालाले स्वागत गरेका हुन्।
जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ र जनमतकै कार्यकारिणी समिति सदस्य निलम यादवसहित जनमतको टिम जसपा नेपाल प्रवेश गरेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका स्थानीय प्रभावशाली नेताहरूको समूहले समेत आआफ्नो पार्टी परित्याग गरी जसपा नेपाल रोजेको पार्टीले जनाएको छ ।

Awesome https://lc.cx/xjXBQT