जेष्ठ १४ काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
आईपीएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।
हैदराबादले दिए एक सय १४ रनको लक्ष्य कोलकाताले १०। ३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । कोलकाताका लागि वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए ।
त्यस्तै रहमानउल्लाह गुरबाज ३९, सुनील नारायण ६ रन बनाउँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे । हैदरावादका लागि प्याट कमिन्स र शाहबाज अहमदले एकरएक विकेट लिए ।
यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८।३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।
