
जेष्ठ १६ काठमाडौं : सर्वोच्च अदालतको फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको छ । पत्र कार्यालयमा दर्ता भैसकेको र अध्ययन भैरहेको बताइएको छ । इमेलमार्फत् चिठी प्राप्त भएको र प्रदेश प्रमुखले अध्ययन गरेको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनु भयो ।
प्रदेश प्रमुखले निर्देशन दिने वित्तिकै सर्वोच्चको परमादेशअनुसार शपथको कार्यक्रम तय गरिने उहाँको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत पदभार ग्रहणको तयारी गरिएको छ । सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । प्रदेश प्रमुखको कार्यालयमा सर्वोच्चको पत्र नआइपुगेका कारण नियुक्ति र शपथको समय भने तोकिएको थिएन ।
