
जेष्ठ २३ काठमाडौ : हिजो भएको नेपाल नेदरल्याण्ड बिरुद्दको खेलमा नेपाल ८ विकेट ले पराजित भएको छ। टस जितेर खेलमा नेदरल्याण्डले बोलिंग रोजेको थियो।
खेलमा पहिलो ब्याटिंग गर्नको लागि मैदानमा के. बुर्तेल र ए. के. साह उत्रेका थिए। के. बुर्तेल ले १० बलमा १ चौका सहित ७ रन , ए. शेख ले ८ बलमा १ चौका सहित ४ रन, ए. के. साह ले १२ बलमा २ चौका सहित ११ रन रोहित पौडेल ले ३७ बलमा ५ चहुका सहित ३५ रन बनाउनु भयो।
साथै के. मल्ल ले ९ बलमा १ चौका सहित ९ रन, दि. एस. ऐरी ले ६ बलमा १ रन, सोम्पल कामीले ५ बलमा कुनै पनि रन लिनसक्नु भएन भने जी. झा ले १५ बलमा १ छक्क सहित १४ रन जोड्नु जोडेर नेदरल्याण्डलाई सबै विकेट गुमाएर १०६ रनको टार्गेट दिए। नेपालले १९.२ ओवर मात्रै खेलेका थिए।
दोस्रो खेलमा नेदरल्याण्डले ब्याटिंग गर्दै १८.४ ओवर मा ४ विकेट गुमाएर नेपालले दिएको टार्गेट पुरा गर्यो। नेदरल्याण्डको तर्फ वाट एम. लेवीत्त ले ३ बलमा १ रन, एम. ओदोव्द ले ४८ बलमा ४ चौका १ छक्का सहित ५४ रन, भी. सिंह ले २८ बलमा ४ चौका सहित २२ रन , एस. एङ्गेल्ब्रेच्तले १६ बलमा १ चौका सहित १४ रन , एस. एड्वार्ड्स ले ८ बलमा ५ रन अनि बि .दे. लीदे ले १० बलमा १ चौका सहित ११ रन बनाएर खेल जित्यो।
