
जेष्ठ २५ काठमाडौं : कपन संगीत सरोबरले शास्त्रीय संगीत कार्यक्रमको २१३ शृंखला गर्न लागेको छ। शनिबार हुने कार्यक्रममा भारत बसेर शास्त्रीय संगीत अन्तर्गत बाँसुरी विधामा पी एच डी गरिरहनु भएका रोसन पुतवारको प्रस्तुति रहने बताईएको छ।
कलकता घर भै नेपालमा बसेर तबला सिकाई रहनु भएको गुरु बरिष्ठ तबला वादक पण्डित समिर देले रोसनलाई तबलामा साथ दिने हुनु भएको छ ।कार्यक्रममा शास्त्रीय नृत्यको प्रस्तुति स्वजन रघुबंसी र प्रमिला श्रेष्ठले दिन लाग्नु भएको हो। प्रस्तुति नेपाली समय अनुसार साँझ ५ बजे कपनको बंगलामुखी मन्दिरमा हुने भएको छ ।
