
असार १० काठमाडौं : साउदीमा हजका क्रममा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु भएको साउदी अरबले जनाएको छ । यसमा धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए । यस वर्षको तीर्थयात्रा तातो लहरको समयमा भएको थियो ।
कहिलेकाहीँ तापमान ५० डिग्री सेल्सियस भन्दा बढी थियो। मर्नेहरू मध्ये तीन चौथाइ भन्दा बढीसँग त्यहाँ जान आधिकारिक अनुमति थिएन र पर्याप्त आश्रय बिना चर्को घाममा हिँडेको जनाइएको छ । मृत्यु हुनेमध्ये केही वृद्ध वा दीर्घकालीन बिरामी भएका जनाइएको छ ।
स्वास्थ्य मन्त्री फहद अल(जलाजेलले स्वास्थ्य सेवाले करिब ५ लाख तीर्थयात्रीहरूको उपचार गरेको जानकारी दिनु भयो । जसमा १ लाख ४० हजारभन्दा बढीसँग अनुमति नभएको उहाँको भनाई छ ।
