माघ २९,काठमाडौं- आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपाललले माघ मसान्त र फाल्गुन १ गते संकल्प पर्व मनाउने भएको छ ।
वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका निम्ति गठित उक्त पार्टीले आज माघ २९ गते र भोलि फाल्गुन १गते देशै भरी संकल्प पर्व मनाउने घोषणा गरेको हो । राजनीति , अर्थतन्त्र र संस्कृतिको क्षेत्रमा आमुल परिवर्तन नगरी वैज्ञानिक समाजवाद स्थापना गर्न नसकिने र वैज्ञानिक समाजवाद स्थापना नगरी उत्पीडित राष्ट्र तथा समुदायको मुक्ति नहुने भएको भन्दै संस्कृतिको क्षेत्रमा पनि नयाँ गर्न सुरु गरेको जनाएको छ ।
धार्मिक अन्धता बाट अलग्गिदै इतिहासका सम्पुर्ण संघर्ष र बलिदानीको गहिरो स्मरण अनि नयाँ व्यवस्था निर्माण गर्ने दृढ संकल्प सहितको पर्वको रुपमा संकल्प पर्व मनाउन थालिएको हो । यसै अवसरमा पार्टीले ९१ वर्षिय नन्दन अर्यालबाट जेष्ठ नागरिक उत्सव मनाउन समेत सुरु गर्ने भएको छ । पाका मान्छेको अनुभवबाट केही न केही सिक्ने अवसर मिलोस भनेर जेष्ठ नागरिक संगको संवाद कार्यक्रम समेत राखेको छ ।
यस पर्वले संस्कृतिको क्षेत्र महत्त्वपूर्ण फड्को मार्दै धार्मिक रुढीवाद र अन्धविश्वासबाट टाढा रहन सबैलाई सहयोग पुर्याउने कुरामा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य बुद्धिरा ठटालले जानकारी दिनुभयो ।
