फागुन ३,काठमाडौं : दाङको घोराही स्थित दामोदर चोकमा गोली प्रहार गरेर धनमाया थापाको हत्या गरिएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या हत्या भएको हो ।
उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत जानकारी दिनु भयो । । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।
