फागुन ४,काठमाडौं :उर्जाशिल मल्टिप्रपोज गु्रप प्रा.ली.ले वनभोज कार्यक्रम सम्पन्न गरेको छ । गत माघ २७ गते शनिबार उर्जाशिल मल्टिप्रपोज गु्रप प्रा.लीका अध्यक्ष भिमबहादुर परियारको संयोजत्वमा चापागाउको बज्रबाराहिमा सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थाका अध्यक्ष भिमबहादुर,परियार ,उपध्यक्ष नरेश परियार, सदस्य मेगेन्द्र परियार,रामबहादुर नेपाली,धनकुमार मोतेले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई रमाइलोका साथ यस संस्था सदस्य फरेन्द्र परियाले संञ्चालन गर्न भएको थियो ।
कार्यक्रममा कोषअध्यक्ष प्रदिप सुन्दास, सह–सचिव सविना परियार, सदस्य रामपरियार ,गोविन्दा परियारलगायत ६१ जनाको सहभागिता रहेको थियो ।
