काठमाडौं १२ असाोज : राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरेर वर्षापछि आएको बाढी–पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनु भएको छ ।
उहाँले शनिबार दिउँसो लेखकलाई फोन गरेर भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनु भएको हो ।
टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उहााको सचिवालयले जनाएको छ ।
पौडेलले उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनिदिनु भयो । । राष्ट्रपति पौडेलले विपद्को क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिलसमेत गर्नुभयो ।
