काठमाडौ १५,असोज:नेकपा माओवादी केन्द्रले बल्खुको सुकुम्बासी बस्तीबाट स्वयंसेवक परिचालन अभियान सुरु गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पार्टीले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको शुभारम्भ गर्नु भएको हो ।
सो क्रममा प्रचण्डले विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गर्नु भयो । मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उहाँले बताउनु भयो ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गर्नु भयो ।
