बैशाख ५, काठमाडौं : इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० र पन्जाब किङ्ग्स खेल्दैछन् । बेङ्गलुरुमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुने भएको हो ।
बेङ्गलुरु ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा समान अङ्क रहेको पन्जाब रनरेटका आधारमा चौथो स्थानमा छ ।
यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई चार विकेटले हराएको थियो । आईपीएलमा १० अङ्क रहेको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।
