फागुन १०,काठमाडौं :क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिनु भएको छ ।
बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुग्नु भएको हो ।सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उहाँका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनु भयो ।
काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।
