फागुन १३ ,काठमाडौं : बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको दोश्रो खोटाङ जिल्ला भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य राजकुमार हिङमाङको उपस्थितिमा खोटाङ दिक्तेलमा सम्पन्न भएको हो ।
हिङमाङले समानान्तर अर्थ व्यवस्था ,समानान्तर राजनीति र समानान्तर संस्कृति निर्माण गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी पुजीवादको विकल्प दिन सकिने बताउनु भएको छ ।

बुद्धिराम ठटालको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । संयोजक बुध्दिराम ठटाल ,रीता आचार्य ,अर्जुन फुयाँल,प्रयास राई,कृष्ण कुमारी आचार्य,सुनिता परियार,निश्चल आचार्य,बिष्णु भट्टराई , सोहन मल्ल, सुर्य प्रसाद आचार्य र चन्द्र परियार रहेका छन् ।

भेलाले मिटर व्याज विरुद्धको संघर्ष समितिमा सुनिता परियार ,विद्यार्थीमा अर्जुन र निश्चल, महिलामा कृष्णकुमारी ,जात व्यवस्थामा चन्द्र परियार ,किसानमा सुर्य प्रसाद आचार्य र आर्थिक विभागमा विष्णु भट्टराईलाई जिम्मेवारी तोकेको छ ।
