११ फागुन,काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ । आज राति धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १८जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जवनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २५ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँको भनाइ छ ।
बसमा पोखराबाट २८ जना यात्रु चढेको सूची प्राप्त भएको प्रहरीले जनाएको छ । अन्य यात्रु भने बाटोको बीचमा चढेको अनुमान प्रहरीले गरेको छ ।
