फागुन १४,काठमाडौं: प्रहरीले ४९ जना मटिरब्याज पीडितलाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेर बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
संसद भवनमा प्रवेश गरेको आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी )एसपी) नवराज अधिकारीले जानकारी दिनु भयो । निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
