१६ चैत,काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ पर्नुभएको छ । एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ पर्नुभएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरेको बताइएको छ ।
शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उहाँको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो ।
त्यसबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमा लेऋनु भएको थियो । उहाँले ‘सरी नानु, तिम्रा पीडकविरुद्ध मुद्दा नचल्ने बनाइयो, नआत्तिनू, समय आउनेछ’ भन्दै पीडित बालिकालाई हौसला दिनुभएको थियो ।
शाहले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्य गर्न शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको पनि उल्लेख गगर्नुभएको थियो ।
