वैशाख,काठमाडौं २५ : नेपाली बजारमा आज पनि सुन–चाँदीको मुल्य बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला पाँच हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ७५ रूपैयाँमा किनबेच भइरहेको महासंघलले जनाएको छ।
