असार,काठमाडौं १४ : पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा शीर्ष कम्युनिस्ट नेता एकैठाउँमा देखिएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरू एकैठाउँमा देखिएका हुन्।
कार्यक्रममा नेकपाका सहसंयोजक माधव नेपाल, झलनाथ खनाल पनि सहभागी थिए । राष्ट्रिय सभागृहमा जारी कार्यक्रममा मदन भण्डारी फाउण्डेशन राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईलाई प्रदान गरिएकाो थियो । सो पुरस्कार राशी दुई लाख रहेको जनाइएको छ।
कार्यक्रममा मदन भण्डारीबारे लेखिएको पुस्तक पनि विमोचन गरिएको छ। फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएका कम्युनिस्ट सहकार्यको लागि मदन भण्डारी फाउण्डेशन साझा मञ्च बनेको छ।
