१० भदौं,काठमाडौं ।
रसुवामा आएको बाढीमा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बाढीका कारण घाइते भएकामध्ये १३ जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । उनीहरूलाई थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा लगिएको जनाइएको छ ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । उद्धार तथा राहतका लागि सुरक्षा निकायसहितका टोली परिचालन भएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको बताइएको छ ।

