आसोज ,काठमाडौं १ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको घोषित कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीभित्र एकता कायम गर्न पहल गर्न आग्रह गर्नु भएको
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले थापाले पछिल्लो समय गरेको निर्णयकै आधारमा पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल संवाद सुरु गर्न आग्रह गर्नु भएको हो ।
उहाँले वैशाख २१ गते आफूहरूबीच भएको संवादपछि नै थापाले निर्णय लिएको भए जेठको पहिलो साताभित्रै कांग्रेस सानेपास्थित केन्द्रीय कार्यालयमा एकताबद्ध भएर उभिन सक्ने अवस्था बन्ने दाबी गर्नुभयो ।
‘गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एकपटक पुनः घोत्लिनुस्,’ खड्काले थापालाई आग्रह गर्नु भयो । खड्काले थापासमक्ष दुईवटा सुझावसमेत दिनु भएको छ । पहिलो, असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्नुपर्ने र दोस्रो, १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने उहाँको सुझाव छ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि अझै समय रहेको दाबी गर्दै खड्काले कांग्रेसको सम्पूर्ण एकता सम्भव रहेको बताउनु भएको । उहाँले दुईवटा अलग–अलग महाधिवेशनको प्रक्रिया नरोकिए कांग्रेस विभाजन हुने जोखिम रहेको चेतावनीसमेत दिनु भएको छ ।
‘
