१४ असोज,काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा पक्राउ गर्नुको कारण सरकारसँग माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नीनुकुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिएको घटनाले कानूनी आधार, कारण र प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको बताउनु भएको छ ।
उहाँले ‘सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्ने बताउनु भएको छ । उहाँले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत जबरलाई भेट्न नदिएकोप्रति आपत्ति जनाउनु भयो ।
सरकारसँग पूर्व प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनुको कानूनी आधार, सुरक्षा चुनौतीको सूचना, तथा मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिनुको कारणबारे जवाफ माग गर्नु भएको छ ।
