फागुन २२,काठमाडौं: चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सहभागीहरुले सालिन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए ।
उनीहरुले सालिन मृत्यु प्रकरणको निष्पक्ष छानविन हुनुपर्नेमा माग गरेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन् । पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ ।
