नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण भएनः अध्यक्ष नेपाल
बैशाख १७, काठमाडौ : सत्तासाझेदार नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताउनुभएको छ ।
तेस्रो लगानी सम्मेलनमा जारी रहँदा अध्यक्ष नेपालको सो टिप्पणी आएको हो ।
उहाँले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
नेपालमा अनाआवश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरु इच्छुक रहेको विदेशी लगानीकर्ताहरुले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई थियो ।
उहाँले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिनुभयो । अध्यक्ष नेपालले राज्यले दिनुपर्ने सुविधाहरु सहज रुपमा उपलब्ध गराए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्नेकुरा लगानीकर्ताहरुबाट आउने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अध्यक्ष नेपालले नेपालमा लगानी प्रवद्र्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
