जेष्ठ २, काठमाडौं : काठमाडौंका बिभिन्न क्षेत्रमा पालै पालै बिजुली बत्ती अवरुद्ध हुने कुरा नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई जानकारी गराएको छ। प्राधिकरणका अनुसार बिहीबारदेखि ४ दिनका लागी काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने छ ।
उल्लेखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
