बैशाख ४ काठमाडौं : प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिने हुनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
उहाँले जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्नका सभामुख देवराज घिमिरेलाई पत्र पठाउनु भएको छ ।
प्रधानमन्त्रीले पठाएको पत्र प्राप्त भएको र सोही अनुसारको तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र
प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्राबधान छ ।
जसपा फुटेपछि वैशाख ३१ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।
