४ साउन काठमाडौं : भारतका ख्याती प्राप्त मुकेश अम्बानीको छोरा अनन्त अम्बानी विवाहमा नेपाली कलाकार रोशन पुतवारले सहभागीता हुने अवसर पाउनु भएको छ । नेपाल मातृभूमी भई भारतमा ज्ञान आर्जन गरी आफ्नो कर्म थलो पनि बनाउदै आउनुभएका पुतवार, आफ्ना गुरु श्री अस्विन श्रीनीवासको निमन्त्रणा पाए लगत्तै मुम्बई पुग्नु भ्एको थियो ।

५००० करोडको लागतमा विश्वकै सानदार भव्य विवाह समारोहमा आफ्ना २६ जना बाँसूरी वादक र २६ जना सितार वादक मिलेर संयुक्त प्रस्तुती फ्लूट र सितार सिम्फोनी मा भाग लिई विश्वका दिग्गज कलाकार, हस्ति तथा सेलिब्रिटिहरु माझ एउटै स्टेज सेयर गर्न पाउँदा निकै खूशी भएको उहाँले बताउनु भयो। प्रस्तूतीमा बाँसूरी ग्रुपलाई गूरु अस्विन श्रीनिवास र सितार गू्रपलाई गूरु पूर्वायन च्याटर्जीले लिड गर्नु भएको थियो भने तबलामा ओजस अधिया साथै सन्जय दास, संगीत हल्दीपूर, शिखर नाद कुरेशीको सहभागीता थियो ।

नेपाली कलाकार बाँसूरी वादक रोशन विगत १२ वर्ष देखि भारतमा अध्ययन तथा कलकारीतामा भारतको मुम्बईमा बस्दै आउनु भएको छ । हाल आफ्नो पिएचडीको शिलशिलामा नेपाल रहदै आउनु भएको छ ।
