अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्याल
बैशाख १९, काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले सिपलाई अबको एक दशक देशमा सिपमुलक तालिमहरु दिनुपर्ने बताउनु भयो । उहाँले सोहीअनुसार मन्त्रालयले योजना बनाइ काम गरिरहेको जिकिर गर्नुभयो ।
उहाँले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताउनु भयो ।
मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताउनु भयो ।
