बैशाख १८, काठमाडौ : माइतीघर फिल्मका अभिनेता सिपी लोहनी को ८६ वर्षको उमेरमा निधन भएको छ। लोहनिको निधन सनिबार दिउँसो १ :३० बजे भएको हो। लामो समय देखी अलजाइमरको समस्या देखी पिडित लोहनीले माइतीधर स्थित न्यूरो अस्पातलमा अन्तिम सास लिनु भयो ।
अभिनेत्री माला सिन्हाको पति समेत रहेका लोहनी गायल क्षेत्रमा पानी उत्तिकै अब्बल थिए । वहाँले रेडियो नेपालमा गीत पनि गायका छन साथै थुप्रै सीडी पानी निकाल्नु भएको छ ।
लोहनीको सन्तानमा एक छोरी रहेकी छिन।

लोहनीको निजी क्षेत्रको लगानीबाट बनेको माइतीघर फिल्मले नेपालमा व्यावसायिक फिल्म जगतको प्रारम्भ भएको थियो।
लोहनी माइतीघर फिल्मका अभिनेता मात्र नभई कुसल गीतकार तथा रघुपति जुट मिलका सफल कार्यकारी निर्देशक पनि हुनहुन्थ्यो । लोहनीको निदानले नेपाल र नेपालीलाई अपुरणीय क्षेती गरेको छ ।
नेपालले एउटा सफल कलाकार, सफल औद्योगिक नेता तथा गीतकार लाई गुमाएको छ।
