एजेन्सी ३,काठमाडौं :अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ ।
बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भइसकेको छ ।८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए ।
गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यही समयमा यो रोग आएको हो । राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ ।
