West Indies' Shimron Hetmyer (R) plays a shot as Zimbabwe wicketkeeper Clive Madande (L) looks on during the 2026 ICC Men's T20 Cricket World Cup Super Eights match between West Indies and Zimbabwe at the Wankhede Stadium in Mumbai on February 23, 2026. (Photo by Punit PARANJPE / AFP)
फागुन, काठमाडौं १२ : आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७।४ ओभरमा १४७ रन बनाउँदा अलआउट भयो ।
जिम्बाब्वेका लागि ब्राड इभान्सले सर्वाधिक ४३ रन बनाए ।आठौं नम्बरमा ब्याटिङ गर्न आएका इभान्सले विष्फोटक गरे । २० बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । यस्तै डायन मायर्सले २८ रन, सिकन्दर रजाले २७, तदिवानाशे मारुमानीले १५ र टोनी मुन्योंगाले १४ रन बनाए ।
वेस्ट इन्डिजका गुडाकेश मोतीले चार विकेट लिँदा अकिल होसेनले तीन, म्याथ्यू फोर्डले दुई तथा जेसन होल्डरले एक विकेट लिए । त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो ।
