१७ फागुन,काठमाडौं । अमेरिका र इरानको युद्धले साताको पहिलो कारोबार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रूपैयाँले बढेको छ।
इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानका विभिन्न शहरहरूमा संयुक्त रुपमा ठूलो स्तरको सैन्य आक्रमण सुरु गरेका थियो। जसको प्रत्यक्ष असर सुनको बजारमा परेको बताइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य तोलामा २४५ रुपैयाँले महँगिएको छ। आज चाँदी प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
