फागुन,काठमाडौं २८ : नेकपा एमालेका केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीले अपेक्षा गरेजस्तो मत पाउन नसकेको स्वीकार गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्पmत यस पटकको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकिने बताउनुभयो । पार्टीले पनि अपेक्षित परिणाम ल्याउन नसके बताउनु भयो । उहाँले लेख्नु भएको छ, लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’
उहाँले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नु भएको छ, हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।
