साउन,काठमाडौं २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार बनेको बताउनु भएको छ । साथै, आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको उहाँको भनाई छ ।
बुधबार लिलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा उहा्ँले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले तत्कालीन अवस्थामा नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको दाबी गर्नुभयो ।
