बैशाख १७, काठमाडौ : भारतीय राजदुतावास काठमाडौ नेपाल अयोजना गरेको कला सम्वाद (भेनुनाद)मा रोशन पुतवारले बेजोड प्रस्तुति दिनु भयो ।

कार्यक्रम कला सम्वादमा बाँसुरी विषय लिएर भारतको कलकतामा स्नातकोतर गरि रहनु भएका रोशन पुतवार र हाल भारतीय राजदुतावास अन्तर्गत स्वामी विवेकानन्द कला परिषदमा गायन विधाका गुरु बीच कुराकानी भएको थियो ।
कार्यक्रम फ्युजन सँगीतको प्रस्तुतिबाट सुभारम्भ गरिएको थियो । जसमा बाँसुरिमा रोशन पुतवार र साथमा मनोज महर्जन, काजोनमा रुचित श्रेष्ठ, तबलामा विराज पोखरेल, गीतारमा दिप्शन पुतवार हुनु हुन्थ्यो ।

कार्यक्रममा दाफा संगीत को पनि प्रस्तुति रहेको थियो । जसमा दाफा गुरु गायक त्रिरत्न मानन्धर दाफा खी र गायन, तिन्चु मा उत्तम मानन्धर अनि रोशन पुतावर स्वयं बाँसुरिमा हुनुहुन्थ्यो ।
अन्तिममा प्रमुख विधा रहेको बाँसुरीमा भारतीय शास्त्रीय संगीत अन्तर्गत राग देश,बिलान्म्बित त्रिताल अनि द्रुत लयको प्रस्तुति दिएर कार्यक्रम को समापन गरियो रोशन लाइ तबलामा बिराजले साथ दिएका थिए |

कार्यक्रम नयाँसड़क स्थित नेपालभारत पुस्ताकलायमा सम्पन्न भएको थियो

