फागुन ८ ,काठमाडौं :कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ ।
‘सहकारी ठगीको उजुरी परिरहेको छ । ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।
