माघ २५,काठमाडौं :कोशीमा प्रदेशको नामकरणको विपक्षमा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भएको छ । कोशी सरकारले गठन गरेको वार्ता समिति र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच बिहीबार विराटनगरमा वार्ता भएको हो ।
सरकारी वार्ताटोलीका सदस्य कमलप्रसाद जबेगुले औपचारिक रुपमा वार्ता सुरु भएकोबताउनु भयो । ‘औपचारिक रुपमा वार्ताको सुरुवात ग¥यौं, यो धेरै लामो समयसम्म लाग्न सक्छ । भोलिको मितिमा मात्र हामी यो यो विषयमा छलफल ग¥यौं भन्न सक्छौं’, उहाँले भन्नु भयो ।
संघर्ष समितिका तर्फबाट वार्तामा सहभागी युवराज राईले कोशी नाम खारेजी, पुनःनामकरण, आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार, मुद्दा चलाइएकाहरुको रिहाइ आदि माग गरेको बताउनु भयो ।
गत वर्ष १७ फागुनमा प्रदेशसभा बैठकले कोशी नामकरण गरेको थियो । तर पहिचानको पक्षमा नाम राख्नुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र जातीय संगठनले आन्दोलन सुरु गरेका थिए ।
