१३ चैत,काठमाडौं । नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सरकारको निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको समीक्षा र एकीकृत रणनीति तय गर्न नव–नियुक्त गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग आकस्मिक छलफल थाल्नुभएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार, गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालबिच सशस्त्र प्रहरी प्रमुख अर्यालको नक्सालस्थित निजी निवासमा छलफल भइरहेको छ ।
यो बैठकलाई सरकारको निर्णयपछि विकसित हुन सक्ने परिस्थितिको सामना गर्न सुरक्षा निकायबीच बलियो समन्वय र पूर्वतयारीका रूपमा हेरिएको छ ।
