२१ असोज,काठमाडौं । सिन्धुपाल्चोकको चरिकोट खाड़ीचौर सडक खण्डमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चरिकोट(खाडीचौर सडक खण्डको सुनकोशी–७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक सहित गएको टोलीले घटनास्थल पुगेर चालक, ३ जना नाबालक समेत गरी २१ जना घाइतेलाई उद्वार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरलिे जनाएको छ ।
