२९ भदौं काठमाडौं । काठमाडौँ महानगरपालिका७ बौद्धमा रहेको भाटभटेनी सुपरस्टोरमा ६ वटा शव भेटिएको छ।
पूर्णरूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको प्रहरी वृत्त गौशालाले जनाएको छ।
शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा गत मंगलबार भाटभटेनी लगायत देशका व्यापारिक क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।
