२३ फागुन,काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता बढाउँदै लगेका बताइएको छ । नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै शाहले अग्रता कायम राख्नु भएको हो ।
रास्वपा उम्मेदवार शाहले ३९ हजार २८४ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले १० हजार २ सय ९३ मत मात्र प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ६ हजार ३ सय २४ मत पाउनुभएको छ ।
