
साउन २,काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गर्नु भएको छ ।
उहाँले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गर्नु भएको हो । सामाजिक सञ्जालमार्फत उहाँले विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेकाले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुने बताउनु भएको हो ।
उहाँले लेख्नु भएको छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा–माला प्रयोग नगर्न अनुरोध गर्छु। शुभकामना दिन दैनिक सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीहरूका शुभेच्छुकहरूको भिड लाग्ने गरेको छ ।
