भदौं,काठमाडौं ७ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा विद्युतीय गाडी (ईभी) कम्पनी एलएस अटोले विशेष र फरक अफर सार्वजनिक गरेसँगै मेलाको माहोल तातेको छ ।
कम्पनीले आफ्नो ईभी खरिदमा चार देशको भ्रमण प्याकेज निस्शुल्क उपलब्ध गराउने घोषणा गरेपछि एलएस अटोको स्टलमा गाडी अवलोकन गर्ने र जानकारी लिनेको भीड लागेको छ । यो अफरले नाडा अटो शोलाई थप रोमाञ्चक बनाएको छ भने सम्भावित ग्राहकहरूमाझ तीव्र उत्साह जगाएको छ ।
यो विशेष अफर नाडा अटो शोको अवधिभरि गाडी बुक गरी सोही स्थानबाट डेलिभरी लिने ग्राहकका लागिमात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले डेलिभरीको स्थानका आधारमा दुई फरक अफर प्रस्तुत गरेको छ । नाडा अटो शोबाटै गाडी डेलिभरी लिने ग्राहकले चार देशको भ्रमण प्याकेज पाउनेछन् ।
तर, नाडामा बुक गरेर अन्यत्रबाट डेलिभरी लिने ग्राहकका लागि भने कम्पनीले १ लाख ५० हजार नगद छुट, १ लाख रुपैयाँ एक्स्चेन्ज बोनस, लोयल्टी बोनस र पूर्णबीमा जस्ता सुविधाको छुट्टै प्याकेज उपलब्ध गराएको छ । एलएस अटोले आफ्नो इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ मोडेलको दुई भिन्न भेरिएन्ट बुकिङ सुरु गरेको छ ।
यसको स्ट्यान्डर्ड इडिसन ९एसई० को मूल्य ५९ लाख ९५ हजार रुपैयाँ छ भने कम्फर्ट इडिसन (सीई)को मूल्य ६४ लाख ९५ हजार तोकिएको छ । यी गाडी विशेषगरी नेपाली सडक र यहाँको भूगोललाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ ।
ः
