
जेष्ठ २१ काठमाडौ : ‘प्रसाद–२’ चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ पर्नु भएको छ । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए ।
उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन अहिले बौद्ध प्रहरी बृत्तमा लगिँदैछ । चलचित्र ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत भदौमा प्रहरी बृत्त बौद्धमा विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।
निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद-२’ प्रदर्शन गरेका थिए
