१३ फागुन,काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोटीमा एक हजार ७९ कर्मचारी मतदान स्थलमा खटिएका छन् ।जिल्ला निर्वाचन कार्यालय, डोटीले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुलाई मतदान स्थलमा खटाइसकिएको जानकारी दिनुभयो ।
‘उहाँले भन्नु भयो ,जिल्लामा एक अस्थायी सहित एक सय ८१ मतदान केन्द्र रहेका छन्’, मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पाण्डेले भने, ‘प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, ३०० भन्दा माथि मतदाता भएका केन्द्रमा तीन र ३ सयभन्दा कम मतदाता भएका केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक केन्द्रमा एक सहयोगी कर्मचारी खटाइएको छ ।’ जिल्लामा ३०० भन्दा कम मतदाता भएका ७ केन्द्र रहेका उहाँको भनाई छ
मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बिहीबार र शुक्रबार तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिनुभयो । उहााले मतपत्र र मतदान केन्द्रमा चाहिने सबै सामग्री जिल्लामा पुगिसकेको बताउनुभयो ।
