बैशाख ७, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ ।
आइतवार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि बेलुकी रिहा भएलगत्तै सञ्चारकर्मीसँग उहाँले आन्दोलन जारी रहने बताउनुभएको हो ।
लिङदेनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए।
आइतवार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहित नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाहीलगायत ७ जनालाई पक्राउ गरेको थियो। उनीहरु सातैजनालाई रिहा गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो।
