साउन १३,काठमाडौं :सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।
यसअघि विशेष अदालतले जोशीलाई अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ जरिबानाको फैसला गरेकोमा सर्वोच्चले कैद र जरिबाना दुवै घटाउँदै फैसला गरेको हो ।
