
जेष्ठ १३ काठमाडौं : प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बीच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ ।
गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गरेका थिए । सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक धकेलिएको थियो । तर यस दिन पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याएका थिए ।
