काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरुलाई आवश्यक निर्देशन दिने हुनुभएको छ ।
गत आइतबार ६ घण्टा सबै सचिवहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय लिनु भएको थियो ।
सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सचिवहरूले निर्माण व्यवसायीको भुक्तानीको समस्यादेखि संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।
सचिवको ब्रिफिङ सुनेका ओलीले आज दिउसो २ बजे सबै सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएको बताइएको छ ।
